Aadarsh-Daily

‘टिकटको सौदाबाजी’ मा अनिल रुंगटा : अवसरवादी भित्र्याएर वीरगन्ज कांग्रेसलाई विस्फोटतर्फ धकेल्दै

ad-4p

वीरगन्ज । चुनावी समीकरण मिलाउन जो–कोहीलाई अंगालो हाल्ने नीति अख्तियार गरेको आरोप खेप्दै आएका पर्सा–१ का कांग्रेस उम्मेदवार अनिल रुंगटा ले वीरगन्ज कांग्रेसलाई नै विस्फोटतर्फ धकेल्ने काम थालेको कांग्रेसभित्रै चर्चा चुलिएको छ।

content ad p2

चुनाव पिच्छे दल फेर्दै आएका मेडिकल व्यवसायी तथा एमालेका पूर्व केन्द्रीय सदस्य बसरुद्दिन अन्सारी लाई आगामी स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरपालिका को मेयर पदको टिकट दिने आश्वासन दिएर कांग्रेसमा प्रवेश गराएको आरोप रुंगटामाथि खुलेआम लाग्न थालेको छ।

कांग्रेसका स्थानीय नेता–कार्यकर्ताहरूका अनुसार रुंगटाले पार्टीभित्रको संघर्ष, त्याग र योगदानभन्दा पनि ‘जित्ने अनुहार’ को नाममा अवसरवादलाई वैधता दिन खोजेका छन्। यही कारण कांग्रेसभित्र असन्तोष मात्र होइन, खुला बिद्रोहको अवस्था सिर्जना हुने खतरा बढेको छ।

माघ ६ गते मनोनयनअघि नेकपा एमाले ले पर्सा–१ बाट टिकट नदिएपछि अन्सारीले “जसले मेयरको टिकट दिन्छ, त्यही पार्टीमा जान्छु” भनेर सार्वजनिक घोषणा गर्दा रुंगटाले त्यसलाई अवसरका रूपमा लिएको कांग्रेस वृत्तको टिप्पणी छ।

content left

त्यतिबेला अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी मा जाने हल्ला आफैं फैलाइरहेका थिए। तर रुंगटाबाट ‘मेयर टिकट’ को संकेत पाएलगत्तै उनी सिधै नेपाली कांग्रेस प्रवेश गरेको देखिन्छ।

पर्सा–१ का एक कांग्रेस नेताले कटाक्ष गर्दै भने,
“अनिल रुंगटाले कांग्रेसलाई पार्टी होइन, निजी चुनावी प्रयोगशाला ठानेका छन्। दशकौँदेखि पार्टी बोक्दै आएका नेता पाखा, र चुनावैपिच्छे दल फेर्ने व्यक्ति मेयरको लाइनमा — यो कस्तो न्याय हो?”

उनले थपे,
“यदि रुंगटाले अन्सारीलाई मेयरको टिकट पक्का गरिदिए भने त्यसको राजनीतिक आगो वीरगन्ज कांग्रेसभित्र मात्रै सीमित रहने छैन, पुरै संगठनमा फैलिनेछ।”

कांग्रेसभित्र प्रश्न उठ्न थालेको छ —
के अनिल रुंगटा पार्टीको नेतृत्व गरिरहेका छन्, कि आफ्नो व्यक्तिगत शक्ति सन्तुलन मिलाइरहेका छन्?
के कांग्रेसको इतिहास, त्याग र संगठनभन्दा ठूलो अब ‘डिल’ र ‘डिलर’ भएका छन्?

कांग्रेसभित्रै रुंगटाको भूमिकालाई लिएर असन्तोष तीव्र बन्दै जाँदा वीरगन्जको राजनीति अब निर्वाचन भन्दा पनि बिद्रोह को दिशातर्फ मोडिन थालेको संकेत देखिन थालेको छ।

सम्बन्धित खबर

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily