Aadarsh-Daily

एभरेष्ट पब्लिक स्कुलमा फुड फेस्टिवल : पढाइसँगै उद्यमशील सीपमा विद्यार्थीको दमदार प्रस्तुति

ad-4p
content left

वीरगञ्ज। एभरेष्ट पब्लिक स्कुलका विद्यार्थीहरूले विभिन्न परिकारसहित फुड फेस्टिवल प्रदर्शन गरेका छन्। विद्यालयका प्रिन्सिपल **नितु चौरसिया**को सभापतित्व तथा वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख **आनन्द लामिछाने**को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामिछानेले शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थी उत्तिकै सक्षम हुनुपर्नेमा जोड दिए। विद्यालय तहबाटै यस्ता सिपमूलक गतिविधि सञ्चालन हुनु सकारात्मक भएको उल्लेख गर्दै उनले यसले विद्यार्थीको आत्मविश्वास बढाउने र भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। “सरकारी जागिरमै सीमित सोच बदलिनुपर्छ, अन्य व्यवसाय र उद्यममार्फत पनि जीवन सम्भव छ भन्ने पाठ विद्यालय तहबाटै सिकाइनुपर्छ,” उनले भने।

विद्यालयका सञ्चालक डा. उमेश चौरसियाले ‘पढ्दै जाऔँ, कमाउँदै जाऔँ’ अवधारणाअनुसार सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सिप प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। यस्ता गतिविधिले विद्यार्थीमा आत्मनिर्भर बन्ने सोच विकास हुने उनको भनाइ थियो। त्यस्तै विद्यालयका अर्का सञ्चालक तथा निर्देशक **उमेश साह**ले पनि व्यवहारिक शिक्षालाई प्राथमिकतामा राख्दै उद्यमशील सोच विकास गर्ने लक्ष्य रहेको बताए।

फुड फेस्टिवलमा विद्यार्थीहरूले विभिन्न परिकार तयार गरी प्रदर्शन गरेका थिए। कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहनुका साथै शिक्षक–शिक्षिका र गायक चन्दन पण्डितलगायतको सहभागिता रहेको थियो। आयोजकका अनुसार कार्यक्रमले विद्यार्थीको प्रतिभा उजागर गर्नुका साथै व्यवहारिक शिक्षाप्रतिको विद्यालयको प्रतिबद्धता स्पष्ट पारेको छ।

content ad p2

सम्बन्धित खबर

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily