Aadarsh-Daily

एमाले अध्यक्ष ओली र पर्सा–२ उम्मेदवार रिमा यादवबीच रणनीतिक भेट,ओलीसँगको भेटले चुनावी अभियानलाई ऊर्जा दियो : रिमा यादव

ad-4p

नेकपा  एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पर्सा निर्वाचन क्षेत्र नम्बर २ की उम्मेदवार रिमा कुमारी यादव बीच बिहीबार राजधानी काठमाण्डौमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

content ad p2
content left

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा भएको चुनावी घोषणा सभा कार्यक्रममा भएको भेटवार्तामा ओलीले यादवको चुनावी अभियानको प्रगति, क्षेत्रीय रणनीति र मतदातासँगको प्रत्यक्ष संवादबारे चासो व्यक्त गरे। उनले यादवलाई पार्टीको केन्द्रिय ढाँचाअनुसार अभियानलाई अझ प्रभावकारी बनाउने सुझाव पनि दिए।

“अध्यक्ष ओलीसँगको भेटले मेरो अभियानमा नयाँ ऊर्जा भरेको छ। पार्टीको एकीकृत रणनीति र केन्द्रिय नेतृत्वको समर्थनले पर्सा–२ का जनता माझ हाम्रो सन्देश अझ स्पष्ट र प्रभावकारी पुग्नेछ। म विकास, सेवा र रोजगारीमूलक एजेन्डालाई प्राथमिकतामा राखेर मतदातासँग प्रत्यक्ष संवाद जारी राख्नेछु।”

कार्यक्रममा पार्टीका मधेश प्रदेश उपाध्यक्ष एवं समानुपातिक उम्मेदवार बिचारी यादव सहित अन्य प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो। नेताहरूले रिमा यादवलाई आगामी निर्वाचनमा पूर्ण समर्थन गर्ने र पर्सा–२ मा एमालेको जनसमर्थन अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित खबर

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily