Aadarsh-Daily

भोट माग्न आउने होइन, विपतमा खटिने नेता खोज्नुस् : प्रदीप यादव

ad-4p

वीरगन्ज, ८ फागुनः पर्सा क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदका नेकपा एमाले उम्मेदवार प्रदीप यादव ले अहिलेको समयको मुख्य आवश्यकता नेकपा एमाले रहेको बताएका छन्।

शुक्रबार बिहान वीरगन्ज महानगरपालिका–२३ प्रसौनीमा आयोजित नेकपा एमालेको बृहत् पार्टी प्रवेश तथा वडा भेलालाई सम्बोधन गर्दै यादवले जेनजी आन्दोलनपछिको अवस्थाले देश र संविधान खतरामा परेको उल्लेख गरे। यस्तो अवस्थामा संविधान, लोकतन्त्र र राष्ट्रिय एकतालाई जोगाउन सक्ने एकमात्र राजनीतिक शक्ति नेकपा एमाले नै भएको उनले दाबी गरे।

यादवले मधेस आन्दोलनबाट प्राप्त संघीयता, समावेशीता र पहिचानजस्ता उपलब्धिहरूको रक्षा पनि एमालेले मात्र गर्न सक्ने विश्वास व्यक्त गरे। मधेस आन्दोलनका उपलब्धिहरू जोगाउनकै लागि आफूले एमालेबाट उम्मेदवारी दिएको उनको भनाइ थियो।

पर्सा–१ मा विभिन्न दलका उम्मेदवारहरू देखिए पनि उनीहरू जनताको बीचमा नघुलमिलिएको आरोप लगाउँदै यादवले भने, “कोही बाहिरका जिल्लाबाट आएका होटल व्यवसायी छन्, कोही उद्योगपति। उनीहरू जनताको दुःख–सुखमा कहिल्यै देखिएनन्। चुनावको बेला मात्र भोट माग्न आउँछन्, हारपछि फेरि पाँच वर्ष हराउँछन्।”

पूर्वमन्त्रीसमेत रहेका यादवले पर्सा–१ का जनताले आफ्नो हरेक संकट र विपत्मा साथ दिएको उम्मेदवारको मूल्यांकन गरी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न आग्रह गरे।
उनले भने, “कोरोना महामारी होस् वा खानेपानीको संकट, जनताको सेवामा को दिन–रात नभनी खटियो ? यी प्रश्नको उत्तर आफैं खोजेर मात्र मतदान गर्नुस्।”

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य निर्मला देवकोटा, मधेस प्रदेश उपाध्यक्ष विचारी यादव, वडाध्यक्ष अवध कुशवाहालगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

content ad p2
content left

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily