Aadarsh-Daily

वीरगन्जमा दुइ करोडको सामान सहित तीन वटा ट्रक पक्राउ

ad-4p
content left

वीरगन्जमा प्रहरीले भारतबाट तस्करी गरि ल्याइएका सामान बोकेर जादै गरेका तीन वटा ट्रक नियन्त्रणमा लिएको छ ।
ती तीन वटै ट्रक र सामान सहितको गरि दुइ करोड भन्दा बढि मुल्याकंकन गरि आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
खनालका अनुसार , वीरगन्ज १० घण्टघार स्थित सडकमा प्रहरीले बा ५ ख ६५५८ र लु २ ख ५३४९ नम्बरको मालवाहक ट्रक रोकेर चेकजाँच गर्दा दुवै ट्रकबाट बिलबिजक भन्दा बढि मुल्यका हार्डवेयर , औषधी लगायतका सामान बरामद भएको हो ।
यस्तै वीरगन्ज ८ माइस्थान चोक स्थित सडकमा ना ४ ख ४३०१ नम्बरको ट्रक रोकेर चेकजाच गर्दा उक्त ट्रकबाट पनि बिलविजक भन्दा बढि मुल्यको औषधी, लत्ताकपडा लगायतका खुद्रा मालसामान बरामद भएको प्रहरी नाययव उपरिक्षक खनालले बताए ।
तीन वटै ट्रक र ट्रकबाट बरामद सामान गरि दुइ करोड रुपैयाको मुल्यांकन गरि आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको खनालले जानकारी दिए

content ad p2

सम्बन्धित खबर

पर्सामा ठूलो परिमाणको गाँजा फेला, घरबाट ५५ केजीसहित एक पक्राउ

Aadarsh Daily

सरकारले तोकेको समर्थन मूल्यमा धान बेच्न किसानको आकर्षण

Aadarsh Daily

मधेस सरकारले किसानका लागि मल अनुगमनदेखि राहतसम्मका निर्णय

Aadarsh Daily