Aadarsh-Daily

पर्सामा ठूलो परिमाणको गाँजा फेला, घरबाट ५५ केजीसहित एक पक्राउ

ad-4p

वीरगञ्ज । पर्सा जिल्लाको ठोरी गाउँपालिका–४, विशालचोकस्थित एक घरबाट प्रहरीले प्रतिवन्धित लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ।

content ad p2

ईलाका प्रहरी कार्यालय ठोरीले सुरेश श्रेष्ठको घरमा छापा मार्दा लुकाइ राखिएको ५५ केजी गाँजा फेला पारी बरामद गरिएको हो। पक्राउ परेका श्रेष्ठलाई लागु औषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

content left

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले पत्रकार सम्मेलनमार्फत बरामद गाँजा र पक्राउ गरिएको व्यक्तिको विवरण सार्वजनिक गर्दै थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

प्रहरीका अनुसार उक्त छापामारी स्थानीयवासीको सूचनाका आधारमा गरिएको थियो र अनुसन्धान कार्य जारी रहेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily