

वीरगन्जको नारायणी अस्पतालमा आइतबारका दिन पनि उपचार सेवा सन्चालनमा आउने भएको छ ।
सरकारले इन्धनको खपत घटाउन भन्दै यहि जेठ ४ गते देखि हरेक हप्ताको शनिबार र आइतबार दुइ दिन सार्वजनिक विदा दिएको छ । जसका कारण हरेक सरकारी कार्यालय र संस्थाहरु हप्तामा दुइ दिन बन्द हुने गरेका छन् ।
तर नारायणी अस्पतालमा भने आइतबारका दिन पनि ओपिडी , शल्यकृया , लयाब लगायतका सबै नियमित उपचार सेवा सन्चालनमा रहने अस्पताल प्रशासनले जनाएको छ । शुक्रबार बसेको अस्पताल विकास समितिकोे बैठकले सरकारले आइतबारका दिन पनि सार्वजनिक विदा दिएपनि अस्पतालमा आइतबारका दिन पनि सबै सेवा सन्चालनमा ल्याउने निर्णय गरेको हो ।
लगातार दुइ दिन सार्वजनिक विदामा ओपिडि , ल्यााब लगायतका सेवा बन्द गरिदा बिरामीहरु मर्कामा परेको कुरालाइ मध्यनजर गर्दै अस्पताल विकास समितिको बैठकले आइतबारका दिन पनि अस्पतालका सबै उपचार सेवा सन्चालनमा ल्याउने निर्णय गरेको अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर उदयनारायण सिंहले बताए । आइतबारका दिन प्रशासनिक काम बाहेक अरु सबै सेवा सन्चालनमा आउने उनले बताए ।
आइतबारका दिन खटिने चिकित्सक , स्वास्थ्यकर्मी र कर्मचारीलाइ , अस्पताल व्यवस्थापन पक्षले एक दिन बरबारको अतिरिक्त पारिश्रमकि उपलब्ध गराउने निर्णय पनि भएको सिंहले जानकारी दिए ।
डाक्टर सिंहका अनुसार ,नारायणी अस्पतालमा पर्सा , बारा , रौतहट , सर्लाही गरि विभिन्न जिल्लाबाट दिनहु औसतमा १ हजार बिरामी उपचारका लागि आउने गरेका छन्


