Aadarsh-Daily

ब्रेकर निर्माण गर्ने राधेमाइका युवाहरुको निर्णय

ad-4p
content left

वीरगन्जको पदमरोड देखि गण्डक सम्मको सडकमा तिब्र गतिका कारण सवारी दुर्घटना हुन थालेपछि रााधेमाइका युवाहरुले सडकमा स्पीड ब्रेकर निर्माण गर्ने भएका छन् ।
शनिबार अपन राधेमाइ युवा क्लबको अगुवाइमा बसेको बैठकले पदमरोड देखि गण्डक सम्मको सडकमा स्पीड ब्रेकर निर्माण गर्ने निर्णय गरेको हो । यसका साथै ठाँउ ठाउँमा सिसिटिभी क्यामेरा जडान गर्ने , राधेमाइ मन्दिरको पहिचान झल्कने प्रवेशद्वार निर्माण गर्ने , राधेमाइ मन्दिर परिसरमा शाकाहारी भोजभतेर मात्र गर्न दिने र यस बारेमाम मन्दिर सन्चालक समितिसंग छलफल गर्ने निर्णय पनि भएको क्लबका अध्यक्ष पवन यादवले जानकारी दिए ।
शनिबारको बैठकमा क्लका पदाधिकारी , सदस्य , स्थानीय युवा र भद्रभलादमीहरुको पनि सहभागीता रहेको थियो ।

content ad p2

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily

रास्वपाले बारा जिल्ला समिति विघटन गर्‍यो, १५ जनाको सदस्यता खारेज

Aadarsh Daily