Aadarsh-Daily

नेपालसंग मलेसिया २५ रनले पराजित

ad-4p
content left

आईसीसी यू–१९ महिला विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई २५ रनले पराजित गरेको छ ।
मलेसियाको बाँगीस्थित युकेएम वाईएसडी क्रिकेट ओभलमा भएको खेलमा नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले पूरै २० ओभर खेल्दा ४ विकेट गुमाएर ६१ रन मात्र बनाएपछि खेल नेपालले जितेको हो ।
बलिङमा नेपालकी कप्तान कृतिका मरासिनीले ४ ओभरमा १ मेडन राख्दै ६ रन मात्र खर्चेर २ विकेट लिएकी हुन् ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेल्दै ७ विकेट गुमाएर ८६ रन बनाएको थियो ।
नेपालका लागि ओपनर अन्जली विश्वकर्माले सर्वाधिक ३३ र आस्मा पुलामी मगरले २८ रन बनाएका थिए ।ओपनर किरण कुमारी कुँवर पहिलो ओभरमा खाता नखोली आउट भएपछि अन्जली र आस्माले दोस्रो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए ।
यसअघि नै दुई खेलमा पराजित हुँदै विश्वकप पुग्न असफल भएको नेपालले सुखद नतिजा सहित प्रतियोगिता सकाएको हो ।
पाँच खेलमा तीन खेल जित्दै ७ अंक जोडेर नेपाल तेस्रो भएको छ ।यसअघि नै युएई र थाइल्याण्डसँग पराजित भएको नेपालले कतार र भुटानलाई भने पराजित गरेको थियो ।

content ad p2

एसिया छनोटमा कुल ६ राष्ट्रले प्रतिस्पर्धा गरेकोमा विजेता मात्र अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू–१९ महिला विश्वकपमा छनोट हुनेछन् ।

सम्बन्धित खबर

एनपीएल : विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हरायो

Aadarsh Daily

यूएईले एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेट फाइनलमा नेपाललाई १४८ रनको लक्ष्य दियो

Aadarsh Daily

चितवनलाई ५३ रनले हराउँदै काठमान्डुकाे तेस्राे जीत

Aadarsh Daily