Aadarsh-Daily

चितवनलाई ५३ रनले हराउँदै काठमान्डुकाे तेस्राे जीत

ad-4p

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गाेर्खाजले चितवन राइनाेजलाई ५३ रनले हराएकाे छ । एनपीएलमा काठमान्डुकाे याे तेस्राे जीत हाे ।

content ad p2

काठमान्डुले दिएकाे १ सय ४३ रनकाे लक्ष्य पछ्याएकाे चितवनले १७ ओभर २ बलमा ८९ रन बनाउँदै सबै विकेट गुमायाे । चितवनका देव खनाल र रवि बाेपाराले समान २१ रन बनाए । काठमान्डुका राशिद खानले ३ विकेट लिए ।

content left

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे काठमान्डुले १९ ओभर ४ बलमा १ सय ४२ रन बनाउँदा सबै विकेट गुमायाे । काठमान्डुका जाेन सिम्पसाेनले ६० रन बनाए । चितवनका साेहेल तनभिरले ४ विकेट लिए ।

याे जीतसँगै काठमान्डु ५ खेलमा ६ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा उक्लिएकाे छ । चितवन ४ खेलमा ४ अङ्कसहित चाैथाे स्थानमा छ ।

एनपीएलको दोस्रो स्थानमा आजै दिउँसो ४ बजे दोस्रो स्थानको विराटनगर किङ्ग्स र पाँचौं स्थानको कर्णाली याक्स खेल्दैछन् । विराटनगरले चार खेलमा ६ अङ्क र कर्णालीले तीन खेलमा २ अङ्क जोडेको छ ।

एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् । यही मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल आउँदो २७ गतेसम्म चल्नेछ ।

सम्बन्धित खबर

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily