
श्रीनारायण महत्तो
वीरगंज-भारतीय ग्यास बुलेटको ठक्करबाट हेटौडामा बबु छोरिको मृत्यु भएको प्रहरीले छ ।

प्रहरीका अनुसार हेटौंडा उपमहनगरपलिका वडा नम्बर ९ पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पशुपतिनगरमा एन एल ०१ एल २९७१ नम्बरको भारतीय ग्यास बुलेटले ठक्कर दिदा ना ६१ प ४५९७ नम्बरको मोटरसाइकलमा सवार बाबु छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपूरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानाकरी दिनुभयो ।
मृत्यु हुनेमा हेटौँडा–९ बस्ने ५५ वर्षीय ईश्वर तामाङ र उनकी छोरी अमिना तामाङ रहेको प्रहरी प्रवक्ता समेत रहनुभएको कार्कीले बताउनुभयो ।
ठक्कर दिने बुलेटका चालकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो


