Aadarsh-Daily

समाजमा शान्तिसुव्यवस्था कायम गर्न समुदायकै साथ चाहिन्छ : एसपी जाेशी

ad-4p

धुलिखेल – जिल्ला प्रहरी कार्यालय काभ्रेकाे आयाेजनामा नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । काभ्रेको धुलिखेल नगरपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा समुदाय–प्रहरी–साझेदारी कार्यक्रमकाे बिषयमा चर्चा भएकाे थियाे ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित भएका धुलिखेल नगरपालिकाका जनप्रतिनिधलाई बधाई तथा कार्यकालको शुभकामना दिदैँ जिल्लाको बस्तुस्थितिबारे जानकारी गराएका थिए ।

content ad p2

उनले जिल्लामा अपराध अनुसन्धानको क्षेत्रमा सम्पादन गरिएका कार्यहरुको प्रगति विवरणका साथै प्रहरीले शान्तिसुरक्षा स्थापनाका लागि गरिरहेकाे कामकाे बारेमा जानकारी दिएका थिए ।

समुदायमा शान्तिसुरक्षा प्रहरी एक्लैकाे प्रयासमा मात्रै संभव नहुने भएकाले त्यसका लागि सबैकाे साथ र सहकार्य हुनुपर्नेमा उनले जाेड दिए ।

content left

यस्तै कार्यक्रममा सहभागि जनप्रतिनिधी तथा नागरिकहरुबाट आएका प्रश्नकाे जवाफ दिँदै उनले सडक दुर्घटना न्यूनिकरण, अबैध जुवा तास नियन्त्रण, घरेलु मदिरा बिक्री बितरण र सेवन, आत्महत्या न्यूनिकरण, चोरी लुटपाट, सडक बत्ती, घरेलु हिंसा न्यूनिकरण लगायतका विषयमा प्रहरीले तदारुकताका साथ काम गरिरहेकाे र यस्ता घटनालाई न्यूनिकरण गर्न घरघरबाट सहयाेगकाे खाँचाे रहेकाे उनले औल्याए ।

कार्यक्रममा नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले जिल्लाको शान्ति सुरक्षा अमन चयन कायम राख्न प्रहरीले कानुन बमोजिम गर्ने अपराध नियन्त्रण र अनुसन्धान, बिभिन्न सचेतना मुलक कार्यक्रमहरुलाई सफल बनाउन नगरपालिका तयार रहेको बताएका थिए । जिल्लाको समग्र शान्ति,सुरक्षा र अमन चयन कायम राख्ने कार्य प्रहरीको मात्र नभई सबैको साझा कर्तव्य रहेको ब्याञ्जुले बताएका थिए ।

कार्यक्रमका धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगमले नव निर्वाचित जनप्रतिनिधीहरुले स्थानिय प्रहरी कार्यालयसंग समन्वय र सहकार्य गरी काम कारवाही गरेमा गाउँ नगर र वडाको शान्ति सुरक्षा कायम राख्न सकिने बताएका थिए ।

कार्यक्रममा धुलिखेल नगरपालिकाका नव निर्वाचित १ देखि १२ नम्बर वडाका वडा अध्यक्षहरु, सामुदायिक बिद्यालयका प्रधानध्यापक तथा शिक्षक, पत्रकार, नागरिक समाज, स्थानिय जनसमुदाय लगाएत प्रहरी कर्मचारीहरु समेतकाे उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक राजेश घिमिरेले गरेका थिए ।

सम्बन्धित खबर

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily

उपभोक्ता समिति गठनमा गडबडी, पर्यटन कार्यालयले सबै चिठी रद्द गर्‍यो

Aadarsh Daily