Aadarsh-Daily

एएफसी एसियाकप छनोट : इन्डोनेसियासँग भिड्दै नेपाल

ad-4p

कुवेतमा जारी एएफसी एसियन कप छनोटको तेस्रो चरणमा प्रतिस्पर्धा गरिरहेको नेपालले मंगलबार इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ। लगातार दुई खेलमा पराजित भएर प्रतियोगिताबाट बाहिरिसकेको नेपाल अर्को बलियो प्रतिद्वन्द्वी इन्डोनेसियासँग मंगलबार राति १ बजे प्रतिस्पर्धा गर्दै छ।

content ad p2
content left

यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको थियो भने शनिबार भएको दोस्रो खेलमा घरेलु टोलि कुवेतलेसँग ४-१ को फराकिलो हार भोग्न बाध्य भएको थियो।

छनोटको समूह ए मा रहेको नेपाल अंक विहीन रहँदै अंक तालिकाको पुछारमा रहेको छ। इन्डोनेसिया २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

कुवेतलाई हराएको इन्डोनेसिया जोर्डनसँग भने पराजित भएको थियो। समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउँदा उत्कृष्ट पाँच समुह उपविजेताले पनि एसियन कप खेल्ने छन्।

सम्बन्धित खबर

एनपीएल : विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हरायो

Aadarsh Daily

यूएईले एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेट फाइनलमा नेपाललाई १४८ रनको लक्ष्य दियो

Aadarsh Daily

चितवनलाई ५३ रनले हराउँदै काठमान्डुकाे तेस्राे जीत

Aadarsh Daily