Aadarsh-Daily

वीरगन्जको विधुत प्राधिकरणले नसुने पछि उद्योगीहरुले कुलमानलाइ गुहारे

ad-4p

वीरगन्ज,०३ असार : वीरगन्ज उद्योग वाणिज्य संघ र यहाक उद्योगीहरुले औद्योगिक कोरिडोरमा अहिले विद्यमान विद्युती आपुर्तिको समस्या तत्काm समाधान गर्न नेपाल विद्युत प्राधिकरणसंग आग्रह गरेका छन् ।
शुक्रबार विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वीरगन्ज वितरण केन्द्रका प्रमुख जितेन्द्र झालाइ छुटटा छुटटै पत्र पठाउदै संघ र उद्योगीहरुले विद्युत आपुर्तिमा भइरहेको समस्या तत्कालै सामधान गर्न आग्रह गरेका हुन् ।

content ad p2

बारा–पर्सा आद्योगिक कोरीडोरमा साना ठुला गरि करिब २ हजार २ सय उद्योग सन्चालनमा रहेका छन् । औद्योगिक कोरीडोरका प्रायः उद्योगहरुमा ६६ केभिएको फिडर र परवारनीपुरमा रहेको हिमाल फिडरबाट विद्युतको आपूर्ति हुने गरेको छ । तर विगत २ महिना देखि उक्त फिडरहरुबाट हुने.गरेको विद्युत आपूर्तिमा गुणस्तरीयताको कमि देखिएको उद्योगीहरुको भनाइ छ ।

content left

दिनहु ८/१० पटकसम्म ट्रीपिङ्ग र ४/५ पटकसम्म अघोषित लोडसेडिङ भइरहेका कारण उत्पादनमा असर पर्नुका साथै उपकरणहरुमा पनि क्षति भइरहेको भन्दै संघ र उद्योगीहरुले यसले उद्योग नै सन्चालन गर्न समस्या भइरहेको बताएका छन् ।

विद्युत आपुर्तिमा भइरहेको समस्या समाधानका लागि विद्युत प्राधिकरणको वीरगन्ज वितरण केन्द्रलाइ पटक पटक ध्यानाकर्षण गराउदा पनि कुनै सुनुवाइ नभएको उनिहरुको गुनासो छ । यसले विद्युत प्राधिकरण प्रति उद्यमी व्यवसायीको नकारत्मक सोच सृजना भइरहेको पनि उनिहरुले बताएका छन् ।
त्यस कारण बारा–पर्सा औद्योगिक कोरीडोरमा रहेका विद्युत आुर्तिमा भइरहेको समस्या यथाशिघ्र सामधान गरिदिन आग्रह उनिहरुले गरेका छन् ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र वीरगन्ज वितरण केन्द्रका प्रमुख झालाइ संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवालले शुक्रबार इमेल मार्फत पत्र पठाएको संघका उपाध्यक्ष माधव राजपालले जानकारी दिए ।

सम्बन्धित खबर

पर्सामा ठूलो परिमाणको गाँजा फेला, घरबाट ५५ केजीसहित एक पक्राउ

Aadarsh Daily

सरकारले तोकेको समर्थन मूल्यमा धान बेच्न किसानको आकर्षण

Aadarsh Daily

मधेस सरकारले किसानका लागि मल अनुगमनदेखि राहतसम्मका निर्णय

Aadarsh Daily