Aadarsh-Daily

विर्ता प्रहरीका इन्स्पेक्टर मल्लको सकृयता, झण्डै २ करोडको तस्करीका सामान बरामद

ad-4p

वीरगञ्ज ४ असार । वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ मा पर्ने माइस्थान सडकबाट गएको जेठ २४ गते विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न लगायतका मालबस्तु लोड गरिएको ट्रक प्रहरीले बरामद  गर्‍यो ।

content ad p2

बरामद ना ४ ख ४३०१ नम्बरको ट्रक तथा मालबस्तुको १ करोड रुपैयाँ मुल्यांकन गरी आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझायो । माइस्थानबाट ट्रक सहित बरामद गरिएको यो ठूलो मूल्यको सामान थियो ।

content left

यस्तै बैशाख १० गते घण्टाघर नजिकबाट बा २ ख ३४३५ नम्बरको मालबाहक ट्रक प्रहरीले जाँच गर्ने क्रममा नियन्त्रणमा लियो ।

भन्सार छलीका विभिन्न किसिमका लत्ताकपडा तथा हार्डवेयरका सामान फेला परेपछि ३० लाख रुपैयाँ मूल्यांकन गरेर यसलाई पनि आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय पथलैयामा नै बुझाएको छ ।

गएको जेठ ११ गते रजतजयन्ती चोकमा जाँच गर्ने क्रममा प्रहरीले ९ लाख ५० हजार नेपाली रुपैयाँसहित एक जना भारतीयलाई पक्राउ  गर्‍यो ।

 

सम्बन्धित खबर

पर्सामा ठूलो परिमाणको गाँजा फेला, घरबाट ५५ केजीसहित एक पक्राउ

Aadarsh Daily

सरकारले तोकेको समर्थन मूल्यमा धान बेच्न किसानको आकर्षण

Aadarsh Daily

मधेस सरकारले किसानका लागि मल अनुगमनदेखि राहतसम्मका निर्णय

Aadarsh Daily