
वीरगञ्ज ७ साउन । तेलि कल्याण समाज नेपालको केन्द्रिय सचिवालय बैठक आज वीरगञ्जमा सम्पन्न भएको छ ।

समाजका केन्द्रिय अध्यक्ष शैलेन्द्र साहको अध्यक्षतामा बसेको बैठकले तेलि कल्याण समाजको केन्द्रिय महाधिवेशन अगामी असोज ५ र ६ गते वीरगञ्जमा गर्ने निर्णय गरेको हो ।
यसैगरी बैठकले महाधिवेशन सफल बनाउन समाजका केन्द्रिय अध्यक्ष शैलेन्द्र साहको संयोजकत्वमा १ सय ५१ सदस्यीय महाधिवेशन मुल समिती गठन गरेको छ
यसैगरी बैठकले महाधिवेशन तयारीको लागि केन्द्रिय उपाध्यक्षको विश्वनाथ साहको संयोजकत्वमा ११ सदस्यीय अर्थ समिती गठन गरे संगै निर्वाचन समिती र प्रचार प्रसार समिती पनि गठन गरेको छ ।
वीरगञ्जको मकालु होटलमा बसेको बैठकमा समाजका दुर्गा साह, विश्वनाथ साह, सत्यनारायण साह, अजय कुमार साह, राजेश्वर साह, ध्रुव साह लगायतको उपस्थिती रहेको थियो ।

