Aadarsh-Daily

राजीनामा होइन, छिटो महाधिवेशनमा जान गगन थापालाई चन्द्र भण्डारीको सुझाव

ad-4p
content left

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन कुमार थापालाई राजीनामा दिने विषयतिर नलागी छिटो महाधिवेशनतर्फ जान सुझाव दिएका छन्।

भण्डारीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अहिले राजीनामाको चर्चा गर्नु उपयुक्त नभएको बताएका हुन्। उनले लेखेका छन्, ‘राजीनामा दिने होइन, जिम्मेवारी पूरा गर्ने समय हो।’

समस्या देखेर भाग्ने नभई त्यसको उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य हुने उनले उल्लेख गरेका छन्। भण्डारीले लेखेका छन्, ‘अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन। त्यसैले गगन कुमार थापा ज्यूले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो।’

उनले अहिलेको अवस्थामा नेपाली कांग्रेसलाई बचाउनु आफैंमा एक नैतिक दायित्व भएको पनि बताएका छन्। ‘आजको कटु यथार्थ के हो भने—युवाहरूले कांग्रेसलाई छोड्दै गएको समय हो। यस्तो बेला पार्टीलाई औषधि खुवाउनुपर्ने हुन्छ, छोडेर हिँड्न हुँदैन,’ उनले लेखेका छन्।

भण्डारीले नेपाली कांग्रेसलाई अझै बचाउन सम्भव रहेको उल्लेख गर्दै त्यसका लागि नेतृत्वमा इच्छाशक्ति र साहस आवश्यक रहेको बताएका छन्।

content ad p2

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily