Aadarsh-Daily

सखुवाप्रसौनी गुलवरिया देखि पटेर्वासुगौलीसम्म सडकको शिलान्यास

ad-4p

वीरगञ्ज, १२ साउन ।  पर्साको सखुवाप्रसौनीमा सडकको शिलान्यास गरिएको छ । मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय तथा यातायात पूर्वाधार निर्देशनालयको निर्देशनमा पूर्वाधार विकास कार्यालय पर्साले निर्माण गर्ने सडकको बिहिवार शिलान्यास गरिएको हो ।

content ad p2
content left

सखुवाप्रासौनी गाउँपालिका वडा नम्बर २ गुलवरिया चौकदेखि पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ सोनवर्षासम्म निर्माण हुने सडकको पर्सा क्षेत्र नम्बर ३ का निलम्बीत प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियार र मधेश प्रदेशका प्रदेश सभा सदस्य अब्दुल रहिम (मञ्जुर) अन्सारीले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

सो सडकखण्ड निर्माण भएसँगै त्यस आसपासका स्थानीयसँगै अन्य नागरिकलाई पनि आवतजावतमा सहज हुने बिश्वास गरिएको छ ।
सडक शिलान्यास कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश समिती सदस्य गौरीशंकर साह, सखुवाप्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ट, निवर्तमान अध्यक्ष प्रदिप जैसवाल, सलिम मियाँ लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

क्टरबाट २ क्विन्टल १३ किलो गाँजा पर्सामा बरामद, तस्कर फरार

Aadarsh Daily

राजीनामा होइन, छिटो महाधिवेशनमा जान गगन थापालाई चन्द्र भण्डारीको सुझाव

Aadarsh Daily

जन्ती बोकेको कार गण्डक नहर नजिक दुर्घटना, चालकको मृत्यु

Aadarsh Daily