Aadarsh-Daily

सांसदका लागि एकल नाम सिफारिस हुने पर्साका भाग्यमानीहरु नेताहरु

ad-4p

आगामी मंसिर ४ गते हुने प्रदेश एवम् प्रतिनिधी सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिसको चटारो परीरहेको छ । राजनीतिक दलका क्षेत्रीय समन्वय समितिहरुको बैठक बस्ने र उम्मेदवारको नाम सिफारिस गर्ने क्रमले तिव्रता पाइरहेको छ ।

content ad p2

कतिपय क्षेत्रमा धेरै जना उम्मेदवारको नाम सिफारिस भएको छ भने कतिपय क्षेत्रमा एकल नाम पनि सिफारिस भएको छ । एकल नाम सिफारिस हुने भाग्यमानी उम्मेदवार वन तथा वातावरण मन्त्री प्रदीप यादव पनि हुन् ।

पर्साको क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी (जसपा) को क्षेत्रीय समन्वय समितिले यादवको एकल नाम प्रतिनिधी सभा सदस्यका लागि सिफारिस गरेको हो । पर्साको क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका नेता एवम् संविधान सभा सदस्य राजकुमार गुप्ताको पनि एकल नाम सिफारिस भएको छ ।

नेपाली कांग्रेसले पर्साको क्षेत्र नम्बर ३ र ४ बाट एकल नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर ३ बाट पूर्व मन्त्रीसमेत रहेका सुरेन्द्र प्रसाद चौधरी र ४ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालको एकल नाम सिफारिस भएको नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले जानकारी दिए ।

जसपाले टुङ्ग्यायो उम्मेदवारको सिफारिस 
जनता समाजवादी पार्टी (जसपा) पर्साले पर्सा जिल्लाका ४ वटै प्रतिनिधी सभा र ८ वटा प्रदेश सभा निर्वाचनबाट उम्मेदवारको सिफारिस गरीसकेको छ । जसपा पर्साका सचिब तबरेज अहमदका अनुसार पर्साको क्षेत्र नम्बर १ बाट वन तथा वातावरण मन्त्री प्रदीप यादवको एकल नाम सिफारिस भएको छ भने २ बाट ४ जनाको नाम सिफारिस भएको छ । मधेश प्रदेशकी प्रदेश सभा सदस्य करिमा बेगमसहित ४ जनाको नाम क्षेत्र नम्बर २ बाट सिफारिस गरिएको हो ।

content left

जसपाका नेताहरु जनार्दन प्रसाद यादव, सुरेन्द्र प्रसाद कुर्मी र चन्दन यादवलाई पनि प्रतिनिधी सभा सदस्यका लागि सिफारिस गरिएको हो । त्यस्तै क्षेत्र नम्बर ३ बाट २ जनाको नाम सिफारिस गरिएको छ । कार्डियोलोजी विशेषज्ञ डा. मधु गुप्ता र नेता भरत गिरीको नाम सो क्षेत्रबाट सिफारिस गरिएको हो । गुप्ता सोही क्षेत्रबाट निर्वाचित भएर निलम्बनमा परेका हरिनारायण रौनियारकी छोरी हुन् । यस्तै क्षेत्र नम्बर ४ बाट पनि २ जनाको नाम सिफारिस गरिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र जसपा पर्साका सचिव तबरेज अहमदको नाम सो क्षेत्रबाट सांसदको उम्मेदवारका लागि सिफारिस गरिएको जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवले जानकारी दिए ।

एमालेबाट पनि लगभग पक्कापक्की
नेकपा एमालेबाट पर्सा जिल्लाका ४ वटै क्षेत्रमा उम्मेदवार लगभग पक्कापक्की भएका छन् । पर्साको क्षेत्र नम्बर १, २, ३ र ४ बाट क्रमश बसरुदिन अन्सारी, बिजय सरावगी, राजकुमार गुप्ता र जालिम मियाँ पक्कापक्की भएपनि सिफारिसमा भने अरुको पनि नाम समावेश गरिएको छ । क्षेत्र नम्बर १ बाट बसरुदिन अन्सारीसँगै जुनैद अन्सारी र ईस्लाम हवारीको नाम सिफारिस गरिएको नेकपा एमाले वीरगञ्ज महानगर समितिका सचिव सुन्दर कुर्मीले जानकारी दिए ।

त्यस्तै क्षेत्र नम्बर २ बाट वीरगञ्ज महानगरपालिकाका निवर्तमान मेयर बिजय कुमार सरावगीको नाम प्रतिनिधी सभा सदस्यका लागि सिफारिस भएको छ । क्षेत्र नम्बर ३ मा राजकुमार गुप्ताको एकल नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर ४ बाट जगरनाथपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष जालिम मियाँ र एमाले पर्साका अध्यक्ष जयप्रकाश थारुको नाम सिफारिस भएको छ ।

कांग्रेसका उम्मेदवार सिफारिस, आपसी विवाद
नेपाली कांग्रेसले पर्साको क्षेत्र नम्बर १ बाट निवर्तमान जिल्ला सभापति एवम् संविधान सभा सदस्य अजय द्विवेदी र संविधान सभा सदस्य अनिल रुंगटाको चर्चा चलेपनि आधिकारीक रुपमा अहिलेसम्म पत्र नपाएको जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले बताए । उनका अनुसार क्षेत्र नम्बर २ बाट पनि आधिकारीक रुपमा अहिलेसम्म उम्मेदवार सिफारिस भएको छैन । क्षेत्र नम्बर ३ र ४ बाट भने सर्वसंवत रुपमा सुरेन्द्र प्रसाद चौधरी र रमेश रिजालको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर १ र २ मा भने कांग्रेसको आपसी विवाद सामाजिक सञ्जालमा देखिएको छ । एकथरीले निवर्तमान जिल्ला सभापति अजय द्विवेदीलाई बधाई तथा शुभकामना दिइरहेका छन् भने अर्काे थरीले अनिल रुंगटालाई शुभकामना दिने क्रम जारी छ । त्यस्तै क्षेत्र नम्बर २ मा पनि अजय चौरसिया र राजेन्द्र बहादुर अमात्यको नाम चर्चा छ ।

एकथरी समितीले सर्वसंवत रुपमा राजेन्द्र बहादुर अमात्यको नाम सिफारिस गरेको समाचार सार्वजनिक गर्छ भने अर्को थरीले आफ्नै प्यालका व्यक्तिहरुको भेलाले सिफारिस गरेको अमान्य हुने भन्दै केन्द्रीय सदस्य अजय चौरसियाको नाम सिफारिस गरेको खबरको कांग्रेसमा आन्तरीक विवाद र आपसी द्वन्द्वले फेरी कांग्रेसलाई नै घाटा हुने संकेत देखिन्छ ।

सम्बन्धित खबर

पर्सा–१ मा कडा प्रतिस्पर्धाः एमालेका प्रदीप यादव अगाडि, कांग्रेस र रास्वपा ग्राफ घट्दै

Aadarsh Daily

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily