Aadarsh-Daily

कांग्रेस ८०, माओवादी ६० र नेकपा एकीकृत समाजवादी र जसपा २५-२५ सिटमा बाँडफाँट टुंगो लाग्छ : प्रचण्ड

ad-4p

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारसम्ममा गठबन्धनभित्र सिट बाँडफाँट टुंगो लाग्ने दावी गर्नुभएको छ ।

content ad p2

मंगलबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले सिट संख्या, क्षेत्र र प्रदेश एकै चोटी टुंग्याउने गरि कार्यदलमा छलफल भइरहेको भन्दै बुधबारसम्म सवै टुङ्गो लाग्ने बताउनुभयो ।

content left

गठबन्धनमा कांग्रेसले ८०, माओवादीले ६० र नेकपा एकीकृत समाजवादी र जसपाले २५–२५ सिटमा दावी गरिरहेको भन्दै त्यसको वरिपरि सहमति जुट्ने उहाले बताउनुभयो ।

त्यस्तै प्रचण्डले आगामी निर्वाचनको मनोनयन दर्तापछि वर्तमान संसद् नरहेमा स्पष्ट रहेको बताउनुभयो । संसदको आयु लम्ब्याउन तिर जान नहुने बिषयमा गठबन्धनमा सहमति जुटिसकेको उहाको भनाई छ ।

प्रचण्डले संसदको आयुका बिषयमा कन्फ्युजन भएकाले प्राविधिक कारणले दलका प्रमुख सचेतकहरुले संसदको आयु लम्ब्याउनेबारे सोचेको जिकिर गर्नुभयो । उहाले गठबन्धन निर्वाचनपछि पनि निरन्तर रुपमा अघि बढ्ने समेत बताउनुभयो ।

सम्बन्धित खबर

एमालेबाट प्रदीप यादव र रिमा कुमारी यादवको उम्मेदवारी दर्ता

Aadarsh Daily

पर्सा–२ प्रतिनिधि सभा सदस्यमा एमालेद्वारा तीन उम्मेदवार सिफारिस, पूर्व मन्त्री राजकुमार गुप्ता प्रमुख दावेदार

Aadarsh Daily

महिला नेतृत्वमाथि राजनीतिक अपमान: बारा–३ को उम्मेदवार छनोट बहिष्कार गर्ने ज्वाला साहको घोषणा

Aadarsh Daily