Aadarsh-Daily

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

ad-4p

वीरगञ्ज, ५ पुष । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको जनाएको छ । महासंघले आजको मूल्य निर्धारण गर्दै हिजो सोमबारको तुलनामा भाउ ओरालो लागेको जानकारी दिएको हो ।

content ad p2
content left

महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४०० र तेजाबी सुनको मूल्य ९९ हजार ९०० रुपैयाँ छ ।

हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख रुपैयाँ थियो । हिजो सोमबार सुन र चाँदीकै मूल्य स्थिर रहेको थियो । महासंघले आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार हुने जनाएको थियो ।यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम रहेको जनाएको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो ।

सम्बन्धित खबर

पर्सामा ठूलो परिमाणको गाँजा फेला, घरबाट ५५ केजीसहित एक पक्राउ

Aadarsh Daily

सरकारले तोकेको समर्थन मूल्यमा धान बेच्न किसानको आकर्षण

Aadarsh Daily

मधेस सरकारले किसानका लागि मल अनुगमनदेखि राहतसम्मका निर्णय

Aadarsh Daily