Aadarsh-Daily

महागढीमाई नगरपालिकाको बरियारपुरमा नि: शुल्क अाँखा शिविर ,ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा तथा रक्तदान कार्यक्रम सम्पन्न “

ad-4p
content left

श्री गढीमाई संवाददाता
बरियारपुर ,बारा
बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा नि:शुल्क अाँखा शिविर ,ज्येष्ठ नागरिकको सम्मान तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।महागढीमाई नगरपालिकाको वडा नम्बर -२ बरियारपुरमा रहेको श्री नेपाल राष्ट्रिय अाधारभूत विधालयको प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न भएको छ।महागढीमाई नगरपालिकाको आर्थिक सहयोग र गढीमाई यूथ सोसाइटीको आयोजनामा संस्था उद्घघाटनको अवसरमा नि:शुल्क आँखा शिविर संञ्चालन,रक्तदान कार्यक्रम र जेष्ठ नागरिकको स्वास्थ्य बिमा कार्यक्रम श्री गढीमाई महेन्द्र अाधारभूत विधालय बरियारपुर प्राङ्गणमा तीनवटै कार्यक्रम सम्पन्न भएको गढीमाई यूथ सोसाइटीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन्। समाजमा रहेको विपन्न दलित पछाडि परेका रोगी,निमुखा,निमन वर्गीयलाई सहयोग गर्ने गरि काम भईरहेको गढीमाई यूथ सोसाइटीका प्रेम यादवले बताउनुभयो।जेहेनदार बिधार्थीहरुको लागि थप कार्यक्रम गर्नेयोजना बनाईएको यूथ सोसाइटीले जानकारी दिएका छन्। गढीमाई यूथ सोसाइटीका अध्यक्ष ई.सोनु कुमार गुप्ता, उपाध्यक्ष प्रेम प्रसाद यादव, सचिव ज्ञान प्रकाश रौनियार, सह-सचिव प्रदिप कुशवाहा ,कोषाध्यक्ष शान्ति चौरसिया,कार्यकारी सदस्यहरू योगीलाल कुशवाहा, बसुन्धरा गैरे,बेदप्रकाश दुबे,मनिला कुशवाहा ,उमाशंकर कुशवाहा गौरीशंकर साह कानु लगायतकाको विशेष उपस्थिति रहेको थियो। नि:शुल्क शिविरमा महिला र पुरुष दुवैको अाँखा जाँच गराईएको अायोजक संस्थाले जानकारी दिएका छन्।महागढीमाई नगरपालिकाको अार्थिक सहयोग र गढीमाई यूथ सोसाइटी संस्थाको अायोजनामा भएको शिविरबाट अधिकाँश जनता सेवाबाट सेवा ,सुविधा लिएका छन्।शिविरमा २ सय ५० जना सेवाग्राहीहरूको अाँखा चेकजाँच , ५०जनाले रक्तदान तथा ३० जना ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा गराईएको अायोजक संस्थाका उपाध्यक्ष प्रेम प्रसाद यादवले बताएका छन्।संस्थाको उद्घघाटन समारोहमा अथितिहरूलाई फूलमाला र गम्छाले सम्मानित गरिएको थियो । साथै दिप प्रज्वलन गरी राष्ट्रिय गीत र सहिदहरू प्रति १ मिनेट मौन धारण समेत गरिएको थियो ।यस संस्था सदस्य उमाशंकर कुशवाहाले स्वागत मन्तव्य राखेका थिए।संस्थाका अध्यक्ष ई.सोनु साहको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि महागढीमाई नगरपालिकाकि उप -मेयर तारा देवी कानु ,विशिष्ट अतिथिहरुमा जनता समाजवादी पार्टी (जसपा)का नेता एवम् महागढीमाई नगरपालिकाका मेयर प्रत्यासीका उम्मेदवार रामबाबु यादव, जनमत पार्टीका बारा क्षेत्र नं २ (क) प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेदवार एवम् यूवा नेता रामाशँकर कुशवाहा लगायतकाको विशेष उपस्थिति रहेको थियो।महागढीमाई नगरपालिकाका वडाध्यक्षहरु तथा विभिन्न राजनीति दलका नेताहरु उपस्थिति रहेको थियो।कार्यक्रमको सञ्चालन संस्थाका सचिव ज्ञान प्रकाश रौनियारले गरेका थिए।

content ad p2

सम्बन्धित खबर

नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाको सह–कोषाध्यक्षमा डा. विवेक यादव निर्वाचित

Aadarsh Daily

एचआईभी / एड्स संक्रमणमा पर्सा अगाडि

Aadarsh Daily

स्वास्थ्य चौकीलाई सामग्री प्रदान

Aadarsh Daily