Aadarsh-Daily

प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोटमा सहमति

ad-4p

वीरगञ्ज, १० पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउने सहमति बालकोट बैठकमा जुटेको छ ।

content ad p2
content left

माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतका नेताहरूसँग भएको छलफलमा सो सहमति भएको जानकारी दिए । नेता गुरुङले अहिले सो सहमतिपत्र राष्ट्रपति समक्ष बुझाउने तयारी भइरहेको पनि बताए ।

बिहान बसेको सत्ता गठबन्धनको बैठकमा सहमति बन्न नसकेपछि अध्यक्ष प्रचण्डसहितका नेताहरू भक्तपुरस्थित एमाले अध्यक्ष ओली निवास बालकोट पुगेका थिए ।
सहमतिअनुसार पहिलो चरणमा अध्यक्ष प्रचण्डलाई साढे दुई वर्ष प्रधानमन्त्री बनाउने र दोस्रो चरणमा एमालेले सरकारको नेतृत्व गर्ने सहमति बनेको बताइएको छ ।

सम्बन्धित खबर

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थन

Aadarsh Daily