Aadarsh-Daily

प्रतिनिधि सभाको उपसभामुखका लागि आज मनोनयन दर्ता, भोलि चुनाव

ad-4p

वीरगञ्ज, ६ माघ । प्रतिनिधि सभाको उपसभामुखका लागि आज शुक्रवार मनोनयन दर्ता हुँदैछ ।

content ad p2

सङ्घीय संसद् सचिवालयले हिजो बिहीवार सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ । भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा मतदान प्रक्रिया हुनेछ ।

content left

सत्ता गठबन्धनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने समझदारी भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले आज ९ बजे संसदीय दलको बैठक बस्ने र पार्टीको उपसभामुख उम्मेदवारबारे निर्णय गर्ने बताउनुभएको छ ।

रास्वपाबाट उपसभामुखको उम्मेदवारमा सोबिता गौतमको चर्चा छ । सभामुख र उपसभामुखमध्ये एक जना महिला अनिवार्य निर्वाचित गर्नुपर्ने संविधानको बाध्यात्मक व्यवस्था छ ।

सभामुखमा हिजो एमालेका देवराज घिमिरे निर्वाचित हुनुभएको छ । घिमिरेले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।

 

सम्बन्धित खबर

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily