Aadarsh-Daily

बहुदरामाई मन्दिर नजिकको एैलानी जग्गामा मधेश विश्वविद्यालय बन्ने

ad-4p

मधेश विश्वविद्यालयको लागि पर्साको बहुदरमाई नगरपालिकास्थित सरकारी जग्गा उपलब्ध गराउने सरोकारवालाको बैठकले निर्णय गरेको छ ।

content ad p2

content left

शनिवार बसेको बैठकले बहुदरामाई नगरपालिका वडा नम्बर ३ बैरियाविर्तास्थित बहुदरामाई मन्दिरको वरीपरी रहेको एैलानी जग्गा मधेश विश्वविद्यालयको लागि उपलब्ध गराउने निर्णय गरेको मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. दीपक शाक्यले जानकारी दिए ।

विश्वविद्यालय निर्माणका लागि पहिलो चरणमा गरिएको जग्गा खोज्ने काम अब सकिएसँगै अन्य चरणका कामहरु भइरहेको शाक्यको भनाई छ । साथै उनले जग्गा उपलब्ध गराएकोमा त्याहाँका स्थानीयप्रति पनि आभार व्यक्त गरेका छन् ।
मधेश विश्वविद्यालयको स्थापनाले त्यस क्षेत्रको कायापलट हुने विश्वासका साथ उनले यसले नै विकास र समृद्धीको ढोका खोलेको दावी गरेका छन् ।

बैठकमा पर्सा क्षेत्र नम्बर २ (क) का प्रदेश सभा सदस्य श्याम पटेल, नेकपा एमालेका नेता शिव पटेल, जनता समाजवादी पार्टी (जसपा) पर्साका सचिव तबरेज अहमद लगायतको उपस्थिती रहेको थियो ।

 

सम्बन्धित खबर

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना, शक्तिपीठमा भक्तजनको घुइँचो

Aadarsh Daily

केवाइसीका नाममा ४९ लाखभन्दा बढी ठगी, गौरबाट तीन जना पक्राउ

Aadarsh Daily

गाउँपालिकाको खाता सञ्चालन गर्न उपाध्यक्ष विष्टको आग्रह

Aadarsh Daily