Aadarsh-Daily

संसद भवन अगाडि आत्मदाहको प्रयास गर्ने आचार्यको निधन

ad-4p

वीरगञ्ज, ११ माघ । आत्मदाहको प्रयास गर्ने प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको हो । कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भएको हो ।

content ad p2
content left

अस्पतालका प्लाष्टिक सर्जरी विभाग प्रमुख किरण नकर्मीले आज बिहान ५ बजे आचार्यको मृत्यु भएको जानकारी दिए ।

मंगलबार नयाँबानेश्वरस्थित संसद् भवन अगाडि इलामका ३६ वर्षीय आचार्यले आत्मदाहको प्रयास गरेका थिए । उनले आत्मदाह अगाडि सामाजिक सञ्जाल फेसबुकमा सुसाइट नोट लेखेका थिए । व्यापार व्यवसायमा असफल भएपछि आफूले आत्मदाह गर्ने निर्यणमा पुगेको उनले उक्त स्टाटसमा खुलाएका छन् ।
आत्मदाहको प्रयासपछि उनलाई प्रहरीले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पु¥याएको थियो । आफैमाथि पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरेका उनको ८० प्रतिशत शरीर जलेको थियो ।

सम्बन्धित खबर

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily