Aadarsh-Daily

भारतको ७४ गणतन्त्र दिवसको अवसरमा वीरगञ्ज महावाणिज्य दूतावासद्वारा बिशेष समारोह

ad-4p

वीरगञ्ज १२ माघ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाल र भारतको सम्बन्ध रोटी बेटीको मात्र नभई राजनितक रुपमा समेत धेरै पुरानो रहेको बताउनु भएको छ ।

content ad p2

भारतको ७४ गणतन्त्र दिवसको अवसरमा वीरगञ्ज महावाणिज्य दूतावासले आयोजना गरेको बिशेष समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री यादवले यस्तो वताउनु भएको हो ।

भारतको गणतन्त्र दिवसको अवसरमा भारत सरकार एवं सम्पूर्ण भारतवासीमा शुभकामना तथा बधाई दिदै मुख्यमन्त्री यादवले नेपालको विकास यात्रामा भारतको महत्वपूर्ण सहयोग रहेको चर्चा गर्नु भयो ।

शुभकामना संदेशमा ठूलो संख्यामा नेपाली नागरिकहरुले भारतमा रोजगारी प्राप्त गरी रहेको तथा भारतीय नागरिकहरुले नेपालमा रोजगारी प्राप्त गरी रहेको बताउँदै मुख्यमन्त्री यादवले शिक्षा,स्वास्थ्यको क्षेत्रमा समेत दुबै देश एक अर्काको पुरक भएको बताउनु भयो ।

शुभकामना संदेशमा उनले नेपाल भारतको भाषा,सस्कृति भेषभुषा समेत एक जस्तो भएको तथा एक अर्काको सुख– दुःखमा सहभागी हुदै आएको कुरामा जोड दिनु भयो ।

content left

उनले भारतीय स्वतन्त्रताको आन्दोलनमा नेपालीहरुको निकै ठूलो योगदान रहेको तथा नेपालको प्रजातान्त्रिक आन्दोलनमा समेत भारतीय जनताको समहयोग रहेको बताउनु भायो ।

कार्यक्रमका प्रमुख अथिती समेत रहेका उनले भारत सरकारको सहयोगमा वीरगञ्जमा निर्माण भएको सुख्खा बन्दगाह नेपाली उद्योगी व्यवसायीहरुलाई निकै सहयोग बनी रहेको बताउनु भयो ।

नेपालको हरेक प्राकृतिक बिपतीहरुमा भारतले अतुल्निय सहयोग गरेको बताउँदै नेपाल भारत मिलेर धेरै आयोजनाहरुमा एकसाथ काम गरी रहेको बताउनु भयो ।

भारतीय लगानी कर्ताहरुलाई नेपालमा निवेश गर्नका लागि नेपाल सरकार हरसम्भव सहयोग गर्न तयार रहेको मुख्यमनत्री यादवले बताउनु भयो । उनले नेपाल सरकार भारतसँग कृषि, स्वास्थ्य र उर्जाको क्षेत्रमा मिलेर काम गर्न चाहेको  बताउनु भयो ।

कार्याक्रममा महावाणिज्य दूसावास वीरगञ्जको तर्फबाट महावाणिज्यदूत नितेश कुमारले सम्पूर्ण भारतीय समुदाय तथा नेपालमा वासोवास गरी रहेका भारतका मित्रहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्ता गरेका थिए ।

कार्याक्रममा नेपालका प्रतिनिधि सभा सदस्य रामसहाय यादव, राजकुमार गुप्ता, अच्युत मैनाली, अजय चौरसिया,प्रदेश सांसद रमेश पटेल, प्रमोद जैसवाल एवं बिभिन्न संघ सस्थामा प्रमुख एवं प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

कार्याक्रममा बीरगन्जका बिभिन्न स्कुलका छात्र–छात्राहरुले नृत, गीत, झाकी एवं नाटिकाहरु प्रस्तुत गरेका थिए ।

सम्बन्धित खबर

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily