Aadarsh-Daily

ट्रयाक्टरको ठक्करबाट पर्सामा वृद्ध महिलाको मृत्यु

ad-4p

वीरगञ्ज, ३० फागुन । पर्सामा सोमबार दिउँसो ट्रयाक्टरले साइकललाई ठक्कर दिँदा एकजना वृद्ध महिलाको मृत्यु भएको छ ।

content ad p2
content left

पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ४ स्थित सडकमा सोमबार दिउँसो मे. १ त ४८१७ नम्बरको ट्रयाक्टरले विपरित दिशाबाट आउँदै गरेको साईकललाई ठक्कर दिएको थियो । ट्रयाक्टरको ठक्करबाट साईकलमा सवार पर्साकै धोविनी गाँउपालिका वडा नम्बर ३ गुलरिया घर भएकी ७२ वर्षिय महेसीया देवी हजराको मृत्यु भएको थियो ।

दुर्घटनामा साइकल चलाउने महेसीया देवीका पति प्रसाद हजरा गम्भिर घाइते भएका छन् । उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार चलिरहेको छ ।
ट्रयाक्टर र त्यसका चालक पर्साको कालीकामाई गाँउपालिका वडा नम्बर २ घर भएका ३२ वर्षिय महेन्द्र सहनीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपक गिरिले जानकारी दिए ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily