Aadarsh-Daily

बालिकालाई दुर्व्यवहार र ब्ल्याकमेल गरेको आरोपमा चार जना पक्राउ

ad-4p

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० मा बालिकालाई दुर्व्यवहार तथा ब्ल्याकमेल गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

content ad p2

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार असोज ४ गते राति पैदल हिँडिरहेका एक युवक र बालिकालाई दुईवटा मोटरसाइकलमा आएका चार जनाले रोकेर नियन्त्रणमा लिएका थिए। उनीहरूले भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिँदै पीडितका अभिभावकबाट मोबाइल बैंकिङमार्फत ६ हजार रुपैयाँसमेत लिएको आरोप छ।

content left

प्रहरीका अनुसार बालिकालाई गलत मनसायले संवेदनशील अंगमा छोएको आरोपसमेत उनीहरूमाथि छ।

पक्राउ पर्नेमा जनकपुरधाम–२० का २३ वर्षीय सुकन महतो, २६ वर्षीय सन्तोष कुमार दास, २२ वर्षीय पनेश कुमार महतो र ३० वर्षीय सुजित महतो छन्। प्रहरीले घटनामा प्रयोग भएका दुईवटा मोटरसाइकलसमेत बरामद गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

सम्बन्धित खबर

गहवामाई मन्दिरमा खोइँछ भर्न महिलाहरूको भीड

Aadarsh Daily

मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

Aadarsh Daily

दशैं–तिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात

Aadarsh Daily