Aadarsh-Daily

वीरगञ्जमा ४२ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ

ad-4p

पर्साको वीरगञ्ज महानगरपालिका–१६ बाट ४२ ग्राम ७२० मिलिग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् ।

content ad p2
content left

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्ज र प्रहरी चौकी इनर्वाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–६ का २४ वर्षीय अमित दर्जी र २९ वर्षीय दीपक परियार रहेका छन् । उनीहरूको साथबाट खैरो हेरोइन र दुई थान मोबाइल बरामद गरिएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्ता, पर्सामा बुझाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

बालिकालाई दुर्व्यवहार र ब्ल्याकमेल गरेको आरोपमा चार जना पक्राउ

Aadarsh Daily

गहवामाई मन्दिरमा खोइँछ भर्न महिलाहरूको भीड

Aadarsh Daily

मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

Aadarsh Daily