Aadarsh-Daily

उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ

ad-4p

वीरगञ्ज, ६ चैत । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् ।

content ad p2

उनलाई बिहान १० बजे शीतल निवासमा एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो । यादव गत चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।
उनी उपराष्ट्रपतिको निर्वाचनमा कुल ५२ हजार ६२८ मतभारमध्ये यादवले ३० हजार ३२८ मतभार प्राप्त गरी विजयी भएका हुन् ।

content left

उपराष्ट्रपतिमा निर्वाचित भएसँगै यादवले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिइसकेका छन् ।

सम्बन्धित खबर

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily

मधेशमा जंक फूडमाथि कडाइको प्रस्ताव, नीति ल्याउन दबाब

Aadarsh Daily