Aadarsh-Daily

एनपीएलमा लुम्बिनीको धमाका, सुदूरपश्चिम ७ विकेटले पराजित

ad-4p

साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा शानदार विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो।

content ad p2

सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। लुम्बिनीका डार्सी सर्टले ४० र आशिफ शेखले ३२ रनको योगदान दिए। सुदूरपश्चिमका अनिल खरेलले दुई तथा कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए।

content left

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७ ओभर २ बलमा ८७ रनमै अलआउट भएको थियो। टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए।

लुम्बिनीका किशोर महतोले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए भने शेर मल्लले ३ विकेट हात पारे।

एनपीएलअन्तर्गत मंगलबार दुई खेल हुनेछन्। पहिलो खेल दिउँसो १२ः३० बजे चितवन राइनोज र विराटनगर किङ्सबीच हुनेछ भने साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।

सम्बन्धित खबर

एनपीएलको तेस्रो संस्करण आजदेखि, उपाधिका लागि आठ टोली मैदानमा उत्रिँदै

Aadarsh Daily

एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा

Aadarsh Daily

जीतपुरमा लागूऔषधको आशंकामा २६ वर्षीय युवक पक्राउ

Aadarsh Daily