Aadarsh-Daily

नेकपा एमाले पटेर्वासुगौली गाउँपालिका कमिटीद्वारा अगुवा कार्यकर्ता भेला सम्पन

ad-4p

वीरगन्ज । नेकपा एमालेका नेता एवं पूर्व पटेर्वासुगौली गाउँपालिका अध्यक्ष हरीनारायण चौधरीले आफु पार्टी परित्याग नगरेको कुरा प्रष्ट गरेका छन् ।

content ad p2

नेकपा एमाले पटेर्वासुगौली गाउँपालिका कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै नेता चौधरीले नेकपा एमाले पर्साका एक नेताको गलत विचार, प्रवृत्ति र शैलीका कारण एमालेमा रहिरहन नसक्ने भन्दै पार्टीको सबै जिम्मवारीबाट राजीनामा दिन लागेको थियो तर दिएन भने उनले बताए ।

content left

पार्टी कार्यालय पर्सामा बसेको बैठकमा ती नेता र मसँग कुरा नमिलेपछि अहिले पार्टी परित्याग गर्छु भनी पत्र लेखिराख्दा केही साथीहरुले पार्टी परित्याग गरेको भने प्रचार भएपछि त्यो झुटो भएको नेता चौधरीले बताएका छन् ।

पटेर्वासुगौली गाउँपालिकाको वडा नं १ सोनबर्सामा आयोजित अगुवा कार्यकर्ता भेलामा मन्तब्य राख्दै आफु पार्टी परित्याग गरेको समाचारमा कुनै सत्यता नभएको बताएका छन् । साथै आफू नेकपा एमालेमै रहेको पनि स्प्रष्ट पारेका छन ।

कार्यक्रममै मन्तब्य राख्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ताले एमालेले देशमा विकासको लहर ल्याएको उदाहरण दिदै त्यही विकास देख्न नचाहनेहरुले पाँच दलीय गठबन्धन गरी एमाले विरुद्ध सक्रिय रूपमा लागि सरकार बनाई लुटतन्त्र मचाएको आरोप लगाए । ८० सिट ल्याई एमाले प्रतिपक्षमा रहेको र ३२ सिट ल्याई माओवादी सरकार बनाएको पाँच दलीय गठबन्धनको सरकार भ्रष्टचारको काण्डै काण्ड गरेको बताए । गुप्ताले देश विकाशको अभिभारा एमालेको कांधमा रहेको समेत बताएका छन् ।

गाउँपालिका कमिटी अध्यक्ष पुरण यादवको अध्यक्षता भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य मनतुरा चौधरी , जिल्ला कमिटी सदस्य एवं वडा अध्यक्ष फरमान अन्सारी , प्रेस चौतारी नेपाल पर्सा जिल्ला सह सचिव कृष्णा कुशवाहा लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily