Aadarsh-Daily

लागुऔषध सहित दुई जना ब्यक्ति सशस्त्र प्रहरीको नियन्त्रणमा

ad-4p
content left

सशस्त्र प्रहरी पर्साले प्रतिबन्धित लागुऔषध सहित दुई जना ब्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
मंगलवार सशस्त्र प्रहरी पर्साले प्रतिबन्धित लागुऔषध सहित दुई जना ब्यक्ति र भन्सार छल्लीका बिभिन्न सामानहरु नियन्त्रणमा लिएको थियो ।
बिशेष सुचनाको अधारमा सश्स्त्र प्रहरी सिमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको प्रहरी टोलीले भारत देखि नेपाल तर्फ आउदैं गरेका जिल्ला गोर्खा घर भई हाँल बिरगंजमा बस्ने १९बर्षीय लिखल गुरुङ्ग र बिरगंज महानगरपालिकाको वडा नम्बर २ छपकैयाका १९बर्षीय बिकी कुमारलाई शंकास्पद देखिएको भन्दैं चेकजाँच गर्दा निजको साथबाट नोरफिन १९ एम्पुल, डाईजापाम १६ एम्पुल, फेनारागन १४ एम्पुल लगायतको प्रतिबन्धित लागु औषध फेला परेको थियो । नियन्त्रणमा लिएको दुवैजनालाई आवश्यक कारवाहीको लागि प्रहरी चौकी ईनर्वामा बुझाएको सशस्त्र प्रहरीका प्रवक्ता देवेन्द्र सिंहले जानकारी दिएका छन ।
यसैगरी बिरगंज महानगरपालिकाको वडा नम्बर १६ ईदगाह चौकबाट सशस्त्र प्रहरीले अवैध रुपमा ल्याउदै गरेको अनुमानित मुल्य करिव ५,६२,८३५ बराबरको भन्सार छल्लीका किराना, कपडा, जुता, तथा जिमका बिभिन्न समानहरु बरामद गरेको थियो । भने भारत तर्फ लैजादैं गरेको अवस्थामा करिव २८,६०० मुल्य बराबरको ७५ किलो अनार, ३० किलो स्याउ नियन्त्रणमा लिएको प्रवक्ता सिंहले बताए ।
यसैगरी सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्म अलौबाट खटिएको प्रहरी टोलिले अलौं नाकाबाट ना ५१ प १०१८ नम्बरको माटरसाईकलमा लोड गरी भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अनुमानित मुल्य ४५,००० बराबरको किराना सामान सहित मोटरसाईकल नियन्त्रण लिएको थियो ।
अवैध रुपमा भन्सार छल्लीका बिभिन्न समान सहित मोटरसाईकलको मुल्य १,६०,००० बराबर मुल्याङ्कन गरि आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको प्रवक्ता सिंहले बताएका छन ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily