

वीरगञ्ज । नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा डा. विवेक यादव सह–कोषाध्यक्ष पदमा निर्वाचित भएका छन्।
शनिबार वीरगञ्जमा सम्पन्न निर्वाचनको मतपरिणाम आइतबार बिहान सार्वजनिक गरिएको हो। गुप्ता प्यानलबाट उम्मेदवार बनेका डा. यादवले चिकित्सकहरूको उल्लेख्य समर्थन प्राप्त गर्दै सह–कोषाध्यक्ष पदमा विजय हासिल गरेका हुन्।
उक्त निर्वाचनमा अध्यक्ष पदमा डा. मनोज कुमार गुप्ता पुनः निर्वाचित भएका छन्। उनले २५९ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी डा. राजदेव कुशवाहालाई पराजित गरे, जसले १५७ मत मात्रै प्राप्त गरे।
वरिष्ठ उपाध्यक्ष पदमा कुशवाहा प्यानलका डा. पशुपतिनाथ भट्ट २४९ मतसहित विजयी भए भने गुप्ता प्यानलकी डा. तरन्नुम खातुनले १५८ मत प्राप्त गरिन्।
त्यसैगरी अन्य पदाधिकारीमा
-
उपाध्यक्ष: डा. रामकिशोर सिंह
-
सचिव: डा. विकास साह
-
सह–सचिव: डा. अजयकुमार यादव
-
कोषाध्यक्ष: डा. रामाशंकर गुप्ता
-
सह–कोषाध्यक्ष: डा. विवेक यादव
सदस्यहरूमा डा. सुप्रिता गुप्ता, डा. रामप्रकाश ठाकुर, डा. दीपक चौरसिया, डा. आदित्यप्रकाश यादव, डा. विशाल साह र डा. विनिता सिंह निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत डा. अमरनाथ ठाकुरले जानकारी दिए।
नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा कुल ७६६ मतदाता रहेकामा ४२० मत खसेको थियो। नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखामा पर्सा र बारा जिल्लामा कार्यरत चिकित्सकहरू आबद्ध छन्।

