Aadarsh-Daily

आज भारतमा ७७ औं गणतन्त्र दिवसः भव्य सैन्य परेड र सांस्कृतिक कार्यक्रम आयोजना

ad-4p

छिमेकी मुलुक भारतले आज (सोमबार) ७७ औं गणतन्त्र दिवस भव्य रूपमा मनाउँदैछ। सन् १९५० जनवरी २६ का दिन भारतीय संविधान लागू भएको स्मरणमा हरेक वर्ष गणतन्त्र दिवस मनाइने गरिन्छ।

content ad p2

गणतन्त्र दिवसका अवसरमा भारतले आफ्नो विकास यात्रा, सांस्कृतिक विविधता तथा सैन्य शक्ति प्रदर्शन गर्दै भव्य समारोह आयोजना गरेको छ। समाचार एजेन्सी पीटीआईका अनुसार आजको परेडमा हालै गठन गरिएका सैन्य इकाइहरूका साथै ‘अपरेशन सिन्दुर’ का क्रममा प्रयोग गरिएका प्रमुख हतियार प्रणालीहरूको मोडल पनि प्रदर्शन गरिनेछ।

content left

यस वर्षको गणतन्त्र दिवस समारोहमा युरोपियन काउन्सिलका अध्यक्ष एन्टोनियो लुईस सान्तोस दा कोस्टा र युरोपियन कमिसनकी अध्यक्ष उर्सुला भोन डेर लेयेन प्रमुख अतिथिका रूपमा सहभागी हुँदैछन्। समारोहको नेतृत्व भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले गर्ने कार्यक्रम छ।

भारतीय समयअनुसार बिहान साढे १० बजे सुरु हुने समारोह करिब ९० मिनेटसम्म चल्नेछ। परेड सुरु हुनु अघि करिब १०० जना सांस्कृतिक कलाकारहरूले ‘विविधतामा एकता’ विषयमा विशेष प्रस्तुति दिने बीबीसी हिन्दीले जनाएको छ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले ७७ औं गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल ‘एक्स’ मार्फत देशवासीलाई शुभकामना दिएका छन्। उनले लेखेका छन्,
“भारतको आन–बान–शानको प्रतीक यो राष्ट्रिय पर्वले सबैको जीवनमा नयाँ ऊर्जा र उत्साह भरोस्। विकसित भारतको संकल्प अझ सुदृढ होस्।”

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily