Aadarsh-Daily

पर्साका चारै निर्वाचन क्षेत्रमा एमाले पाँच हजार मतान्तरले विजयी हुन्छ : रूपेश पाण्डे

ad-4p

जनकपुर- नेकपा एमाले पर्सा जिल्लाका चारैवटा निर्वाचन क्षेत्रमा विजयी हुने दाबी गरिएको छ। नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का युवा उम्मेदवार रूपेश कुमार पाण्डेले पर्साका सबै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार कम्तीमा पाँच हजार मतान्तरले विजयी हुने बताएका छन।

content ad p2

नेकपा एमालेको मधेस प्रदेश कमिटीद्वारा जनकपुरमा आयोजित प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूको शुभकामना तथा परिचयात्मक कार्यक्रममा सम्बोधन गर्दै पाण्डेले पर्सामा एमालेको पक्षमा स्पष्ट जनलहर देखिएको दाबी गरे। उनले संगठन सुदृढ, कार्यकर्ता एकताबद्ध र जनतामा एमालेप्रति भरोसा बढ्दै गएको कारण निर्वाचन परिणाम आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरे।

content left

कार्यक्रममा पाण्डेले पर्सा निर्वाचन क्षेत्र नम्बर–३ लाई विकास र समृद्धिको नमुना क्षेत्र बनाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याए। शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गर्ने उनले बताए।

उनले विगतका अधुरा विकास, बेरोजगारी र अस्थिर राजनीतिक अवस्थाबाट जनता आजित भइसकेको उल्लेख गर्दै यसपटक स्थायित्व, सुशासन र विकासको पक्षमा निर्णायक मत दिने बताए। “जनताले अब नतिजा चाहेका छन, नारामात्र होइन,” पाण्डेको भनाइ थियो।

पर्सा–३ मा युवा उम्मेदवार पाण्डेको सक्रियता, घरदैलो अभियान र स्थानीय स्तरमा बढ्दो सहभागिताले एमालेको स्थिति बलियो बन्दै गएको देखिन्छ। युवा, महिला तथा अभिभावक वर्गबाट प्राप्त समर्थनले चुनावी प्रतिस्पर्धामा एमालेलाई फाइदा पुग्ने देखिएको छ ।

समग्रमा पर्सा जिल्लामा नेकपा एमालेले देखाएको संगठनात्मक तयारी, उम्मेदवारहरूको सक्रियता र जनसमर्थनले आगामी प्रतिनिधिसभा निर्वाचनमा परिणाम एमालेको पक्षमा आउने संकेत देखिएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily