
वीरगञ्ज — पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर–६ का निर्वाचित वडा अध्यक्ष अजोध्या पटेल र पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार रूपेश कुमार पाण्डेबीच सान्दर्भिक भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
भेटघाटका क्रममा वडा अध्यक्ष अजोध्या पटेलले पर्सा–३ का लागि सक्षम, योग्य, विकासप्रेमी तथा स्पष्ट भिजन बोकेका युवा उम्मेदवारको रूपमा रूपेश कुमार पाण्डेको खुलेर प्रशंसा गर्दै उहाँलाई आगामी निर्वाचनमा विजयी गराउन वडा स्तरदेखि क्षेत्र स्तरसम्म दृढतापूर्वक सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

वडा अध्यक्ष पटेलले परिवर्तन, विकास र सुशासनप्रति प्रतिबद्ध नेतृत्वको आजको आवश्यकता औँल्याउँदै पर्सा–३ का जनताको चाहना र अपेक्षालाई सम्बोधन गर्न सक्ने नेतृत्व रूपेश कुमार पाण्डे नै उपयुक्त विकल्प रहेको उल्लेख गर्नुभयो। उहाँले आगामी निर्वाचनमा पाण्डेको पक्षमा जनसमर्थन व्यापक रूपमा जुट्ने विश्वास समेत व्यक्त गर्नुभयो।
युवा उम्मेदवार रूपेश कुमार पाण्डेले समेत स्थानीय तहका जनप्रतिनिधिसँग सहकार्य गर्दै पर्सा–३ लाई विकास, रोजगारी, सुशासन र समृद्धिको दिशामा अघि बढाउने प्रतिबद्धता दोहोर्याउँदै सबैको सुझाव र साथलाई मार्गदर्शनको रूपमा लिने बताउनुभयो।
उक्त भेटघाटले पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी माहोल थप उत्साहित, सशक्त र निर्णायक बन्दै गएको स्पष्ट संकेत दिएको छ।

