Aadarsh-Daily

पर्सा–२ मा रिमा यादवको विकास एजेन्डा, सीप, स्वास्थ्य र शिक्षामा प्राथमिकता

ad-4p

वीरगन्ज । नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की प्रतिनिधिसभा उम्मेदवार रिमा कुमारी यादवले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको समग्र विकास बिना समृद्ध समाज निर्माण सम्भव नहुने बताएकी छन्।

content ad p2

वीरगञ्ज महानगरपालिका वडा नम्बर–२८ बगहीमा सोमबार नेकपा एमालेद्वारा आयोजित वडा स्तरीय अगुवा भेलालाई सम्बोधन गर्दै उम्मेदवार यादवले दक्ष जनशक्ति उत्पादनका लागि वडा–वडामा सीपमूलक तालिम सञ्चालन गर्ने लक्ष्य रहेको स्पष्ट गरिन्। सीप विकासले विशेषगरी महिलालाई आत्मनिर्भर बनाउने र रोजगारीसँग जोड्ने उनले बताइन्।

यादवले प्रत्येक स्वास्थ्य संस्थामा सुलभ रूपमा औषधि उपलब्ध गराउने र चिकित्सक नियुक्तिका लागि पहल गरिने उल्लेख गरिन्। उनले स्वास्थ्य चौकीहरूमा समेत कम्तीमा एक जना एमबिबिएस डाक्टरसहितको सेवा सुनिश्चित गर्न आफूले सक्रिय पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

content left

महिला अधिकार र शिक्षामा जोड दिँदै उनले मधेशमा एक समय निकै प्रभावकारी रहेको प्रौढ शिक्षा कार्यक्रम पुनः सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइन्। “प्रौढ शिक्षा मधेशमा निकै फलदायी सावित भएको थियो। त्यो कार्यक्रम किन बन्द गरियो थाहा भएन, तर अब पुनः निरन्तरता दिनुपर्छ,” उनले भनिन्। प्रौढ शिक्षा कार्यक्रमले महिलालाई साक्षर बनाउनुका साथै आत्मसम्मान र स्वावलम्बनतर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।

मानुपातिक उम्मेदवार तथा नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष बिचारी प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भेलामा वीरगञ्ज–१७ का वडा अध्यक्ष सन्जु छतकुली, वडा नम्बर–२४ का वडा अध्यक्ष विजय कुर्मी, युवा नेता मुकेश द्विवेदीलगायतले आ–आफ्ना धारणा राखेका थिए।

ईकाई अध्यक्ष धुरुप राउत कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण राकेश साहले गरेका थिए। भेलामा सहभागी वक्ताहरूले महिला अधिकार, समावेशी विकास र स्थानीय तहको सुदृढीकरणका लागि नेकपा एमालेको भूमिका निर्णायक हुने दाबी गरेका थिए।

यादवले पर्सा जिल्लाको इतिहासमै पहिलो पटक जेन–जी उमेर समूहकी मधेशी महिला सांसदको उम्मेदवारी दिएको उल्लेख गर्दै क्षेत्रको समग्र विकासका लागि सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन आग्रह गरिन्।

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily