Aadarsh-Daily

वीरगञ्ज–१ मा एमाले उम्मेदवार रिमा यादवको अगुवा कार्यकर्ता भेला सम्पन्न

ad-4p

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–१ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रिमा कुमारी यादवद्वारा अगुवा कार्यकर्ता भेला तथा जनतादर्शन कार्यक्रम सम्पन्न भएको छ।

content ad p2

कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। भेलामा सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै उम्मेदवार यादवले जनताको समस्या, सुझाव तथा अपेक्षा सुन्नुका साथै विकास र समृद्धिका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो।

content left

उहाँले जनताको जीवनस्तर उकास्न शिक्षा, स्वास्थ्य, रोजगारी तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्थानीय तहसँग समन्वय गर्दै जनताको आवश्यकता अनुसार योजना निर्माण र कार्यान्वयन गरिने उहाँको भनाइ थियो।

कार्यक्रममा सहभागी स्थानीयवासीले आफ्ना समस्या र विकाससम्बन्धी मागहरू उम्मेदवारसमक्ष राखेका थिए। सो अवसरमा उम्मेदवार यादवले जनताको सुझावलाई चुनावी एजेन्डा तथा भावी कार्ययोजनामा समेट्ने बताउनुभयो।

एमालेले पर्सा–२ मा जनसम्पर्क विस्तार गर्दै चुनावी अभियानलाई थप सक्रिय बनाइरहेको जनाएको छ।

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily