Aadarsh-Daily

जन्ती बोकेको कार गण्डक नहर नजिक दुर्घटना, चालकको मृत्यु

ad-4p

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका – ५ महुवनस्थित गण्डक नहर नजिक सोमबार राति जन्ती जाँदै गरेको कार दुर्घटना हुँदा कारका चालकको मृत्यु भएको छ । दुर्घटनामा कारमा सवार एक जना गम्भीर घाइते भएका छन् ।

content ad p2
content left

बहुदरमाई नगरपालिका–८ रामनगरीका साहेब सहनीको घरबाट सखुवा प्रसौनी गाउँपालिकाको एकडरवा गाउँमा जन्ती जाँदै गरेको बीआर ०६४५ नम्बरको कार अनियन्त्रित भई राति ९:१५ बजेतिर गण्डक नहर छेउको पिपलको रुखमा ठोक्किएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा चालक र अर्का एक व्यक्ति गम्भीर घाइते भएकोमा बाराको नौतनस्थित एलएस न्युरो अस्पतालमा उपचारका क्रममा चाकलकको राती १०:१५ बजे मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । मृतक चालकको नाम र ठेगाना खुल्न नसकेको उनले बताए ।

दुर्घटनामा गम्भीर घाइते भएका अर्का व्यक्तिको एलएस न्युरो अस्पतालमै उपचार भइरहेको उनले जानकारी दिए ।

सम्बन्धित खबर

क्टरबाट २ क्विन्टल १३ किलो गाँजा पर्सामा बरामद, तस्कर फरार

Aadarsh Daily

राजीनामा होइन, छिटो महाधिवेशनमा जान गगन थापालाई चन्द्र भण्डारीको सुझाव

Aadarsh Daily

पर्सा–१ मा कडा प्रतिस्पर्धाः एमालेका प्रदीप यादव अगाडि, कांग्रेस र रास्वपा ग्राफ घट्दै

Aadarsh Daily