Aadarsh-Daily

प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने, संसदमा विश्वासको मत लिने

ad-4p

वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल राजीनामा नदिने निर्णय गरेका छन्। कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले संसदको सामना गरेर विश्वासको मत लिने धारणा राखेका छन्।

content ad p2

बैठकमा पार्टीका नेताहरूले पनि लोकतान्त्रिक प्रक्रियाअनुसार संसदमा विश्वासको मत लिएर अघि बढ्न पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका थिए। प्रधानमन्त्रीले संसदमा विश्वासको मतको सामना गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलगायत अन्य दलहरूसँग कुराकानी गर्दै अगाडि बढ्ने निर्णय भएको माओवादी सचिव देवेन्द्र पौडेलले जानकारी दिएका छन्।

content left

कांग्रेस–एमालेको सत्ता समीकरणले संविधान संशोधन गर्ने सहमति गरेर २०४७ सालको संविधान बिउँताउने षड्यन्त्र गरेको भन्दै माओवादी बैठकले आपत्ति जनाएको छ।

यस परिस्थितिमा प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिने तयारी गर्न लागेका छन्, जुन नेपालको वर्तमान राजनीतिक अवस्थाका लागि महत्वपूर्ण कदम हुनेछ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily