
माघ २७, सीमरा । बारा पर्साका अग्रगति र विकासको अवरोधक रहबर अन्सारी हुन भन्दै बारा क्षेत्र नं. ४ का बासिन्दाले आरोप लगाएका छन् । आज विहान जीतपुर चौक चिया चौतारीमा गफ हुने क्रममा एक युवाले रहबरको गुणगान गर्न लागे पछि त्यहाँ उपस्थित अन्य सर्वसाधरणले रहबर माथि यस्तो आरोप लगाएका हुन् ।
एक जना दुइजन गर्दा स–सानो कोण सभा जतिकै मानिस भेला भइसकेको सो अवसरमा जीतपुर बजार निवासी नवयुवा सुरेन्द्र साहले बारा जिल्ला क्षेत्र नं. ४ ले मधेश प्रदेशको मुख्यमन्त्री पाइरहेको बेला अन्यत्रकाले समर्थन गरे पनि छिमेकी पर्सा जिल्लाका रहवरले सन्की व्यवहार देखाउँदै समर्थन नगरे पछि ऐतिहासिक अवसरबाट बारा, पर्सा चुकेको बताए ।
त्यहाँ पुगेका पर्साको टेढा चोर्नी निवासी ज्येष्ठ नागरिक धुरुप धानुकले सुेन्द्रको कुरामा सही थप्दै पर्साका जनताले उसको अशली रुप चिनिसकेको कारण स्थान परिवर्तन गरेर बारामा चुनाव लडेको तर्क गरे ।
उनले प्रदेश सभाको जिम्मेवारी छँदा छँदै जनताले दिएको भोटलाई लात हानेर राजिनामा गरि अर्को पदमा उठने व्यक्तिलाई मतदाताले पाठ सिकाउनु पर्ने बताए । लक्ष्य र विचारको ठेगान नभएको, नाटक गर्न र शन्की पारामा चल्न मात्रै जानेको भन्दै बृद्ध धुरुप नेता रहवर प्रति आक्रोशित देखिन्थे ।

मौकामा पुगेका जीतपुर बकुलियाका चन्द्रनारायण चौधरीले भने जितेन्द्र सोनल मुख्यमन्त्री रहन पाएको भए बारा, पर्सा सहित मधेशको मुहार परिवर्तन हुने थियो । सोनल पढेलेखेका र मधेश आन्दोलनको भट्टीबाट लाठी, बुट खाँदै खारिएर आएका नेता हुन्, उनीसंग भिजन थियो, क्षेत्रको भाग्य परिवर्तन हुन सक्थ्यो तर जस्ले त्यो अवसरबाट हामीलाई बन्चित गर्यो, त्यही व्यक्ति आज हामो फेला परेको छ, बाइलेटबाट कारवाई गरेर उसलाई पाठ सिकाउनु पर्छ ।
चियागफमा नै पुगेका टेढाका कासिम मियाँले भने रहबरको बचाउ गरे । प्रदेशमा कुनै अधिकार छैन बजेट पनि छैन त्यही भएर ठुलो अधिकार सम्पन्न पदमा पुगेर जनताको सेवा गर्न रहवरले प्रदेशबाट राजिनामा गरेर प्रतिनिधी सभामा उठेका हुन् – कासिमको भनाई थियो तर उनले क्षेत्र परिवर्तन किन गरेको भन्ने बारे बोल्न चाहेन ।

