Aadarsh-Daily

बहुदरमाई–१ मा जसपालाई झट्का, वडा अध्यक्ष जटाशंकर यादव एमालेमा

ad-4p
content left

बहुदरमाई नगरपालिका वडा नम्बर–१ निवासी तथा जसपाका वडा कमिटी अध्यक्ष जटाशंकर यादव आज विधिवत रूपमा नेकपा एमाले मा प्रवेश गर्नुभएको छ।

रंगपुरस्थित नेकपा एमालेको सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा एमालेका केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा , पर्सा–३ का प्रतिनिधिसभा सदस्य पदका युवा उम्मेदवार रूपेश कुमार पाण्डे तथा एमालेका प्रभावशाली नेता हरीबाबु चौधरी ले खादा र टीका लगाएर यादवलाई पार्टीमा स्वागत गर्नुभएको हो।

कार्यक्रममा बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिगाशन साह को सक्रियता र प्रभावशाली पहलले पुनः एमाले पार्टी बहुदरमाई क्षेत्रमा थप बलियो बन्दै गएको बताइएको छ।

पार्टी प्रवेशपछि नेता जटाशंकर यादवले नेकपा एमालेले अघि सारेका उम्मेदवारहरूलाई जिताउन आफू सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले एमालेको नीति, विचार र संगठनले मात्र जनताको अपेक्षा पूरा गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।

स्थानीय तहमा प्रभावशाली नेताको एमाले प्रवेशसँगै बहुदरमाई नगरपालिकामा चुनावी समीकरण थप एमाले अनुकूल बन्दै गएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

content ad p2

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily