Aadarsh-Daily

वीरगञ्जको जगरनाथपुरमा प्रदीप यादवलाई भव्य स्वागत

ad-4p

वीरगन्ज  : नेकपा (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादव चुनावी घरदैलोका क्रममा बुधबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरमा त्यहाँका समर्थक र मतदाताले भव्य स्वागत गरेका छन् ।

content ad p2

जगरनाथपुरमा एमाले उम्मेदवार यादवलाई समर्थक र मतदाताहरुले अबीरटीका र गम्छा लगाएर स्वागत गर्दै यादवसंगै घरदैलोपनि गरे । त्यसक्रममा उनिहरुले यादवको जितका लागि नारापनि लगाए ।

यस्तै घरदैलो गर्ने क्रममा मतदाताहरुसंगको संवादमा पूर्वमन्त्री यादवले यसअघिका दुई संसदीय कार्यकादमा क्षेत्रमा आँफुले गरेका कामका बारेमा मुल्यांकन गरेर नै मतदान गरिनि आग्रह गरे । एमाले उम्मेदवार यादवले आफूलाई क्षेत्रको विकासका लागि समर्पित उम्मेदवारका रूपमा प्रस्तुत गर्दै भने,‘ १० वर्षअघि पर्सा–१ को अवस्था सम्झनुहोस् । सडक, विद्यालय, विवाह भवन, खेलमैदान, मसान घाट, मन्दिर, मस्जिदहरूको हालत के थियो ? म निर्वाचित भएपछि भएका विकासहरू तपाईँहरूले आफैँ देख्न सक्नुहुन्छ ।’

content left

यादवले आफूलाई क्षेत्रको हरेक कुनामा जानकार उम्मेदवारका रूपमा चित्रण गर्दै थपे, “मलाई यस क्षेत्रको प्रत्येक टोल, समस्या र समाधानबारे पूर्ण जानकारी छ । तर अन्य उम्मेदवारहरूलाई यहाँका टोलहरूको नामसमेत थाह नहुन सक्छ ।”

उनले नेकपा (एमाले) को राष्ट्रियता मजबुत पार्ने, आर्थिक समृद्धि ल्याउने तथा समाजवाद उन्मुख विकासको एजेन्डालाई आफ्नो व्यक्तिगत प्रतिबद्धताका रूपमा ग्रहण गरेको बताए ।

पूर्व मन्त्रीसमेत रहेका यादवले चुनावी मौसममा मात्र जनतासँग आउने उम्मेदवारहरूलाई चिन्न आग्रह गर्दै भने, “पाँच वर्षमा एक पटक मत माग्न आउनेहरूले क्षेत्रको विकास गर्न सक्दैनन् । निर्वाचित भएपछि पनि जनताको घरदैलोमा नआउनेहरूलाई पहिचान गर्नुहोस् । म सधैँ जनताको सुख–दुखमा साथी बनेर बस्छु ।”

यादवले एमालेको गरिबी निवारण, रो

सम्बन्धित खबर

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily