
वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुशील कुमार कानुलाई गृहनगर वीरगञ्जमा भव्य सम्मान गरिएको छ।
वीरगञ्जमा आयोजित कार्यक्रममा स्थानीय समर्थक तथा शुभेच्छुकहरूले उनलाई १५१ किलोको माला लगाएर स्वागत तथा सम्मान गरेका हुन्। कार्यक्रममा सहभागीहरूले कानुको जितलाई पर्सा–२ का मतदाताको परिवर्तनप्रतिको चाहनाको रूपमा व्याख्या गरेका थिए।

सम्मान कार्यक्रममा बोल्दै सांसद कानुले आफूलाई विश्वास गरेर विजयी गराएकोमा मतदाताप्रति आभार व्यक्त गर्दै पर्सा–२ को विकास, सुशासन र जनताको समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा रास्वपाका स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
निर्वाचनपछि पहिलो पटक गृहनगर आइपुगेका कानुलाई समर्थकहरूले उत्साहपूर्ण स्वागत गरेका थिए।

