

काठमाडौं । त्रिचन्द्र कलेज नजिक घण्टाघर क्षेत्रमा रहेको थकाली रेष्टुरेन्टमा आगलागी भएको छ। आगो नियन्त्रणका लागि दमकलसहित सुरक्षाकर्मीहरू खटिएका छन्।
आगलागीको कारण हालसम्म खुल्न सकेको छैन भने क्षतिको विस्तृत विवरण पनि आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

