Aadarsh-Daily

एनपीएलको तेस्रो संस्करण आजदेखि, उपाधिका लागि आठ टोली मैदानमा उत्रिँदै

ad-4p

नेपाली क्रिकेटप्रेमीको बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ।

content ad p2

प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। दुई टोलीबीचको खेल साँझ ५ बजेदेखि सुरु हुनेछ।

मंसिर ५ गतेसम्म चल्ने प्रतियोगितामा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र काठमाडौं गोर्खाजले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

content left

यसपटक विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पाउनेछन्।

आईसीसीको मान्यता प्राप्त यस संस्करणमा डेभिड वार्नर, आन्द्रे रसेल, शाकिब अल हसन, मोइन अली र जिमी निसमजस्ता अन्तर्राष्ट्रिय क्रिकेट स्टारको सहभागिताले प्रतियोगिताको आकर्षण थप बढाएको छ। खेलमा पहिलोपटक डीआरएस प्रविधिसमेत प्रयोग गरिनेछ।

नेपाल क्रिकेट संघ (क्यान) ले लिग चरणका लागि साधारण टिकट पाँच सय र प्रिमियम टिकट एक हजार रुपैयाँ निर्धारण गरेको छ। एलिमिनेटर र फाइनलका लागि भने टिकट दर क्रमशः एक हजार र दुई हजार रुपैयाँ तोकिएको छ।

एनपीएललाई लक्षित गर्दै कीर्तिपुर क्रिकेट मैदानको पूर्वाधार सुधार गर्नुका साथै दर्शकको सुरक्षा र व्यवस्थापनमा विशेष तयारी गरिएको छ।

सम्बन्धित खबर

एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा

Aadarsh Daily

जीतपुरमा लागूऔषधको आशंकामा २६ वर्षीय युवक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा ४२ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ

Aadarsh Daily