Aadarsh-Daily

बहुदरमाई मन्दिरमा पोखरी खन्ने विषयमा विवाद

ad-4p

मधेस प्रदेश सरकारले आर्थिक वर्षको अन्त्यमा विनायोजनाको जथाभावी रकम पठाउन थालेको छ। मधेस प्रदेश सरकारको महत्वपूर्ण योजना जनता आवास कार्यक्रमलगायत अरू योजनामा रकम कटौती गरेको कारण गरीबहरूको घर अहिलेसम्म बन्न पाएको छैन भने अर्कोतिर जथाभावी रकम पठाउँदा विवाद शुरू भएको छ।

content ad p2
content left

बहुदरमाई नगरपालिका वडा नं २ पिपरास्थित बहुदरमाई मन्दिर परिसरमा अहिले पोखरी  खन्न ३० लाख रुपियाँ पठाएपछि विवाद शुरू भएको छ। विनायोजना रकम पठाएको भन्दै नगरपालिकाको कार्यालयले पत्राचार गरी काम रोक्कासमेत गराएको छ। गत वर्र्ष नगरपालिकाले सोही ठाउँमा रु ६० लाख खर्च गरी मन्दिर परिसर माटोले पुरी सम्याएको थियो। अहिले आएर सो ठाउँमा फजुलको खर्च भइरहेको गाउँलेहरूको आरोप छ।

तिलावे नदीसँग टाँसिएको खाली जमीनमा ३० लाख खर्चेर पोखरी खन्नु बालुवामा पानी हाल्नु सरह भएको स्थानीय सुनील कुशावाहाको भनाइ छ। सो नदीमा बाढी आउने बित्तिकै पोखरी कटान हुने सम्भावना अत्यधिक रहेको कुशवाहाले बताए।

कुशवाहाका अनुसार २०७७/७८ मा ६० लाख खर्च गरेर खेलमैदान बनाएको र यस आर्थिक वर्षमा थप रकम नगरपालिकाले पठाउने तयारी गरिरहेको बेला मधेस प्रदेश सरकारले खेलमैदानको जग्गामा पोखरी खन्नु औचित्यपूर्ण  नरहेको उनले बताए। बहुदरमाई मन्दिरको नाउँमा सो नगरपालिकाको नामकरण भएको हो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily