Aadarsh-Daily

चक्रवातको प्रभावले भारी वर्षाको सम्भावना, पर्सामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

ad-4p

बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण मौसम प्रतिकूल बन्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लावासीलाई सावधानी अपनाउन आग्रह गरेको छ।

content ad p2

मंगलबार जारी सूचनाअनुसार कात्तिक १२ गते बिहीबार रातिदेखि १४ गते शनिबारसम्म मधेश प्रदेशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ।

content left

प्रशासनले सम्भावित जोखिमबाट जोगिन किसानलाई पाकेको धान बिहीबारअघि नै काटेर भित्र्याउन वा प्रतिकूल मौसम रहने अवधिभर कृषि कार्य स्थगित गर्न सुझाव दिएको छ।

त्यस्तै अत्यावश्यक कामबाहेक यात्रा नगर्न, यात्रा गर्नैपरे मौसमको अवस्था बुझेर मात्र निस्कन तथा नदी, खोला र खहरे आसपासका बस्तीमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।

बाढी तथा मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता नम्बर १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरीको १११४ मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।

सम्भावित विपद्बाट जनधनको क्षति हुन नदिन आधिकारिक मौसम पूर्वानुमान र पूर्वसूचनालाई ध्यानमा राख्दै आवश्यक पूर्वतयारी गर्न प्रशासनले सबैलाई अपिल गरेको छ।

सम्बन्धित खबर

वीरगञ्जमा ४२ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ

Aadarsh Daily

लिलामका सामान सस्तोमा दिलाउने भन्दै ठगी : वीरगंजबाट प्रवीण पक्राउ

Aadarsh Daily

गाउँपालिकाको खाता सञ्चालन गर्न उपाध्यक्ष विष्टको आग्रह

Aadarsh Daily